टेकेन्द्र बोहरा
बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा आफ्नो छोरा र आसेपासेहरुलाई छनौट गरेको भन्दै अन्य परिक्षार्थीहरुले पुनः जाँच गराउन माग गरेका छन् ।
नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिका आफन्तहरुलाई मात्रै स्थान दिएको एक परीक्षार्थी कलक खड्काले बताए।
परिक्षार्थी खड्काले भने,'हामीले नगर प्रहरीमा निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै हस्ताक्षर बुझाएका छौ । त्यो कार्यानव्ययन हुनै पर्ने हाे।'
त्यस्तै अर्का परिक्षार्थीले भने नगर प्रहरीमा नाम निकालेकाहरुका मध्ये एक जना नगरपालिमा कार्यरत अधिकृतका आफन्त छन् भने अर्का मेयरका छोरा र अर्का उपमेयरका आफन्त रहेको आरोप लगाएका छन्।
उनले भने हाम्रो निवेदनमाथि यदि छलफल नभए आन्दोलन गर्ने चेतावनी समेत दिए।
नगर प्रहरीमा १२ जनाको नाम छनौट भएको छ। जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुका आफन्तहरु परेको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।
जनप्रतिनीधिहरुले आफ्नो कार्यकाल सकिन लाग्दा नगरपालिकामा आफन्तहरुलाई भर्ति गरेको स्थानीयहरुको गम्भिर आरोप लागेको छ।
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८ १८:४८