काठमाडौ । डिशहोमले आफ्ना ग्राहकहरुका लागि १ बर्षमा २४ महिने योजना ल्याएको छ।
डिशहोमको सेवा लिईरहेका डिटिएच ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यस योजनामा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्सफर मार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्।
यस योजनासँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु. १ लाख पनि जित्न सक्नेछन्।
हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ।
१ बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र १ लाख जित्ने यस योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन्।
एक दशकदेखि स्याटलाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक कम्पनी हो।
साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट नेपालभर ईन्टरनेट सेवा प्रदान गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८ १६:३९