काठमाडौ । नमूना कलेज अफ फेसन टेक्नोलोजीले साँझ ग्र्याजुएशन फेसन शो आयोजना भएको छ।
सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शो को १६औँ संस्करण प्रस्तुत गरेको हो।
काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए। नमूना
कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो।
उक्त शोमा २३ मोडल युवती र ८ युवा मोडलको प्रस्तुति रहेको थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेको थियो ।
अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८ १९:१६