पोखरा । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्धारा आयाेजित प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
अभियान, पोखरा (कास्की) को आयोजनामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीले हिन्दू धर्मको रक्षाका लागि हिन्दूहरु स्वयम् जागरुक हुुनु पर्नेमा जोड दिएको छ ।

धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दूधर्मावलम्बीहरुका लागि धोका भएको उनको भनाई छ।
पुर्व प्रधानन्यायाधिस पराजुलीले सवैलाई बन्धुुत्वको भावले समेट्ने हिन्दूधर्मलाई आधार मानी राष्ट्रलाई हिन्दू राष्ट्रको पहिचानको रुपमा विकास गर्न सुझाव दिएको थियो।
नेपाल प्रहरीका पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक तथा अभियानका केन्द्रिय सदस्य कल्याण तिम्सिनाले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान नेपालको अस्तित्वसँग जोडिएको अभियान भएकाले हिन्दूहरुलाई जागरुक, संगठित र सचेत बनाउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन अभियान सुरु भएको उनले बताएका थिए।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न र हिन्दू धर्मालम्वीहरुमा हिन्दूत्वप्रतिको गौरवभाव पुर्णजागरण गर्न देशभर अभियान सञ्चालन गरेको अभियानका संयोजक रुक्माङ्गद कटवालले गोष्ठीलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै जानकारी दिएको छ। अभियान गैर राजनीतिक भएकाले उनले सवै नागरिक यस अभियानमा जोडिन आग्रह गरेको हुन्।
कार्यक्रममा संयोजक उद्योगी व्यवसायी सुशिल कुमार गोशली, अथिति लिलाभक्त आचार्य, कार्यक्रम सहसंयोजक सावित्री शर्मा पौडेल लगायतले कार्यक्रममा वोल्दै अवको आवश्यकता हिन्दूराष्ट्र नै एक मात्रै विकल्प भएको धारणा राखेका थिए।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८ २१:२२