पोखरा । नेपाली नव वर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल र्याली कार्यक्रम गरेको छ।
परिषदको आयोजनामा नव वर्ष २०७९ को स्वागत विशेष बिहीवार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित र्याली कार्यक्रम सहभागी भएको हो।

परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताएका छन्।” उनले हाम्रो नववर्षलाई गौरवका साथ मनाउँनु पर्नेमा जोड दिएका थिए।
शुभकामना मन्तव्य राख्दै “हाम्रो नववर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्बत पात्रो अनुसार भगवान् सूर्य १२ वटा राशीमा एक–एक महिना रहने, उक्त चक्र चैत्र महिनामा पूरा भई बैशाख १ गते पुनः मेष राशीमा प्रवेश गरेर नयाँ वर्ष प्रारम्भ हुने” हिन्दू स्वयंसेवक संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले बताएका थिए।
कार्यक्रम केदारेश्वर महादेव मन्दिरको प्राङ्गण लेकसाइडबाट प्रारम्भ भई हल्लन चोक, जिरो किमि, विन्द्यवासिनी, सिम्पानी, बगर, महेन्द्रपुल, न्यूरोड, सिर्जनाचोक, राष्ट्र बैंक चोक, मुस्ताङ चोक, विरौटा हुँदै पुनः केदारेश्वरमा आएर सम्पन्न भएको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ १४:५१