पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ ।
मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएको हो ।
पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये ३ जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् ।
राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएको थियो ।
पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उgले राजीनामा दिएको थियो ।
त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बन्नुभएका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएको थियो । उgलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १६:०६