दाङ्ग । डिश मिडिया नेटवर्क (डिशहोम) ले दाङ्ग जिल्लाको तुलसीपुरमा डिशहोम फाइबरनेट सेवा विस्तार गरेको छ ।
नेटवर्कले आफ्नो डिशहोम फाइबरनेट सेवा देशैभर विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको तुलसीपुरमा विस्तार गरेको हो।
देशैभरका जनमानसको आवश्यकतालाई मध्येनजर गरी उच्च गतिको इन्टरनेट सेवा आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।
प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, छरितो, किफायती र भरपर्दो डिशहोम फाइबरनेट सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्क (डिशहोम) ले प्रतिबद्धता गर्दै आइरहेको छ ।
देशका मुख्यमुख्य सहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर, नेपालगञ्ज, धनगढी र सुर्खेत लगायत अन्य स्थानहरुमा समेत डिशहोम फाइबरनेट सेवा सेवा विस्तार गरिसकेकोे छ ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल तुलसीपुर, दाङ्गमा सुरुवात गरिएको हाे भने अब छिट्टै नै नेपालका अन्य स्थानहरुमा पनि सेवा विस्तार हुँदैछ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्शनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाका योजनाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० Mbps देखि ६०० Mbps सम्म उपलब्ध छन् ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।