काठमाडौं। पछिल्लो पुस्ताकी अत्यन्त चर्चित नेपाली नायिका केकी अधिकारीको शुभ विवाह भएको छ। नायिका अधिकारीको व्यापारीक घरानिया हाम्रो बजार डटकमका सिइओ रोहित तिवारीसंग विवाह भएको हो।
जसको पुष्टि विहीवार नायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत गरेर विवाहको फोटो पनि सार्वजनिक गरेकी छन्। उनीहरु वीच परम्परागत रुपमा विवाह भएको जनाइएको छ।
काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह संपन्न भएको हो। एक वर्षदेखिको प्रेमलाई यी दुईले बिहेमा परिणत गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत नायिका अधिकारीले विवाह पश्चात यसो भनेकी छन्।–"आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ ।”
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९ २०:०१