काठमाडौ । ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छन् ।
महर्जनले ब्याडमिन्टन खेलकै अर्का जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् ।
उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश महर्जनले जानकारी दिएकाे हाे ।
नेपाली सेनाबाट खेल्दै आएका कञ्चनपुरका विवेक चौधरीको मुटुमा समस्या आएपछि अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको समेत राजेश महर्जनले जानकारी गराए ।
बुटवलमा सम्पन्न प्रतियोगितामा एपिएफकी जेशिका गुरुङ्गलाई १६–२१, २१–१९, २१–१८ ले पराजित गर्दै रशिलाले महिला एकलको उपाधी जितेकी हुन् । उनले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी थिईन् ।
पुरुष एकलतर्फ बञ्जारा एग्रोका प्रिन्स दाहालले सेनाका प्रफुल महर्जनमाथि २१–१०, १८–२१, २१–१२ ले पराजित गर्दै उपाधी जितेकी हुन् भने उनले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९ १९:४२