काठमाडौं। देश अहिले चुनावी मैदानमा हाेमिएकाे छ । देशै चुनावमय भएकाे माहाैलमा सबैकाे आँखाकाे ताराे अर्थात ध्यानकाे केन्द्रविन्दु बन्ने गरेकाे काठमाडाै महानगरपालिकामा पनि चुनावी सरगर्मी ह्वात्तै बढेकाे छ ।
यसै सिलसिलामा सांस्कृतिक अभियन्ता, लिपी क्वीन र ब्युटी क्वीन भनेर कसैलाई चिनारहनु नपर्ने सुनिता डंगोलले नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काे तर्फबाट काठमाडौ महानगरपालिकाकाे गौरबशाली पद उप मेयरको उम्मेदवार बनेकी छन्।
अत्यन्तै भर्भराउँदाे अनि कलकलाउँदाे याैवनास्थाकी उम्मेदवार डंगोललाई उपमेयरकाे जीतसहितको अग्रीम रुपमा हार्दिक बधाई तथा शुभकामना दिनेहरुको त झनै ओइरो नै लागेका छन्।
काठमाडाै महानगरपालिकाका जाेशिलाे अनि जाँगरिलाे युवालाई विश्वास गरि प्रोत्साहन सहित उम्मेदवार बनाएकोमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लाई हार्दिक धन्यवाद दिनेको पनि कुनै कमी छैनन् अहिले याे महानगरमा ।
सधैभरि बृद्ध नेतालाई युवा नेता भनिरहने पार्टीकाे वरिष्ठ नेतृत्वतहमा चेतनाकाे विकास बल्ल खुलेकामा पनि काठमाडाै महानगरपालिकाका युवाहरुमा छुट्टै खुशीयाली छाएकाे छ ।
उपमेयरकी उम्मेदवार डंगोल यसअघि स्वतन्त्र रुपमा आठ खम्बे घोषणापत्र सहित मेयरको उम्मेदवारमा उम्मेदवारी दिने घोषणा गरेकी डंगोलले एकाएक नेकपा एमालेवाट उपमेयरको पदमा उम्मेदवारी दिएको रहस्यको पर्दाफास गरेकी छन्।
नाम अनुसारकाे काम, शान र साहसकासाथ डटेर, खटेर नगरबासीकाे दैनिकी बदल्ने सपनाकासाथ अघि बढेकी छन्। यसैकारण डंगोलले पदलाई भन्दा आफ्नो लक्ष्यलाई ठूलो ठान्दै नेकपा एमालेबाट उपमेयर बनेकी प्रष्ट पारेकी छन्।
‘ मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, सांस्कृतिक–सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रूपमा सम्पर्क भइरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरूलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रूपमा नेकपा ९एमाले०लाई पाएँ,’ उनको भनाइ छ।
बाँकी विज्ञप्तिमा डंगोलले यसो भनेकी छन्–
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ ०६:२३