काठमाडौ । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको प्रदर्शनी आजसम्म जारी रहने छ ।
कलाकार डङ्गोलकाे प्रदर्शनीमा प्रस्तुत कलाकारितामा दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेकाे पाइन्छ ।

कलाकार डङ्गोलका अनुसार उनका हरेक चित्रकलामा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ।
चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उनले बताए ।
“कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ । संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ”, उनले भने ।
आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्दछ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ ०७:४६