काठमाडौ । हरेक वर्ष बैशाख १९ गते मनाउँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day 2022) यस वर्ष नीजि क्षेत्रका ईन्टरनेट सेवा प्रदायक संघसंस्थाहरुले नमनाउँने भएको छ ।
ईन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) को यहि बैशाख १४ गते बसेको कार्यकारी समितिको बैठकले यस वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day 2022) बहिष्कार गर्ने निर्णय गरेको हो ।
संघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘हामी यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवसँग सम्बन्धित कुनैपनि कार्यक्र र गतिविधि नगर्ने निर्णय गरेका छौं । अतः यस हामीले यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौं । यस वर्षको यस दिवसलाई हामीले सकारान्मक दिवसका रुपमा लिएका छैनौं । किनभने विगतदेखि हालसम्मका कुनैपनि सरकारले सूचना तथा सञ्चार प्रविधिका लागि कुनैपनि आवश्यक सकारात्मक वातावरण नबनाई इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाउँमा देखावटी कार्यहरु मात्रै गर्दै आइरहेको छ ।’
प्रेस विज्ञप्ती :
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९ १६:३४