काठमाडौ । चीनको हाङझावमा आगामी भदौ २५ गतेदेखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ ।
नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गतेदेखि तीन दिनसम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिएको हो।
संघका अध्यक्ष श्रेष्ठले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि बरियताका आधारमा खेलाडी छनौट गर्ने जानकारी गराएका हुन् ।
छनौट प्रतियोगिताबाट पुरुषतर्फ प्रथम स्थानमा बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहेका छन् भने दोश्रो नम्बरमा नविन श्रेष्ठ, तेश्रोमा प्रफुल महर्जन, चौथोमा राष्ट्रिय च्याम्पियन तथा पहिलो बरियताका दिपेश धामी, पाँचौमा बिष्णु कटुवाल, छैठौंमा साजन कृष्ण ताम्राकार र सातौमा सुदीप सेढाई रहेका छन् ।
यस्तै महिलातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोश्रो, जेशिका गुरुङ्ग तेश्रो, अनुमाया राई चौथो, निता लम्साल पाँचौ, सुनयना मुखिया छैटौं र शोभा गौचन सातौं रहेका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९ १७:५१