काठमाडौ । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित तीन कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत कांग्रेसमा प्रवेश गरेको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायत सहभागी थिए।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १४:३६