काठमाडौं। काठमाडौं महानगरपालिका-१८ मा आसन्न स्थानीय निर्वाचनमा तीन दलको गजबको गठवन्धन मिलेको छ।
भिन्न तिन पार्टी भए तापनि एकै पार्टी अर्थात जनता समाजवादी पार्टी (जसपा)को छाता चुनाव चिन्हवाट चुनावी मैदानमा उत्रिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका चन्द्रकुमार महर्जनले वडा अध्यक्षमा तथा दुई खुल्ला वडा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नहकुल महर्जन र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका मनिष हमालले उम्मेदवारी दिएका छन्।
केन्द्रमा नेपाली कांग्रेससँग गठवन्धन भए तापनि वडामा भने, काँग्रेसकै स्थानीय नेताहरुका कारण गठवन्धन हुन नसकेको खुलासा वडा अध्यक्षका उम्मेदवार महर्जनले गरे।
काठमाडौं महानगरपालिका-१८ मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको अनुपम वडा भएको कारण यस वडालाई पर्यटन हबको रुपमा विकास गरेर लैजाने आफूहरुको एक मात्र लक्ष्य तथा उदेश्य भएको महर्जनले वताए।
काठमाडौंको कोर एरियाको समस्या भनेकै अव्यवस्थित शहरीकरणको चर्को मार, यातायात तथा फोहर लगायतको अस्तव्यस्तता नै प्रमुख रहेको कारण त्यसको समाधान वोकेर आफूहरु चुनावी मैदानमा आएको महर्जनको भनाई छ। आफूहरुलाई सवैको सहयोग मिल्ने विश्वास महर्जनले लिएकाे वताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९ २०:४९