काठमाडौ । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब छैठौं आर.बि.बि. - एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ को अग्रस्थानमा नै रहन सफल भएको छ।
सेनाले आफूले खेलेका पाँचै खेलमा जित निकाल्दै १५ अंककासाथ अग्रस्थानलाई कायम राख्न सफल भएको हो।
सेनालाई हेल्प नेपालले पछ्याईरहेको छ भने हेल्प नेपालको ५ खेलबाट १४ अंक रहेको छ। लिगको अन्तिम प्रतियोगिता शनिबार २ बजे पुरुषतर्फ सेना र हेल्प नेपालबिच उपाधीका लागि हुनेछ।
सेनालाई पछ्याई रहेको हेल्प नेपालले जित निकालेको खण्डमा १७ अंकका साथ उपाधि जित्नेछ भने ३–२ को जित निकालेको खण्डमा दुवै टोलीको समान १६ अंक हुने भएकोले हेड टु हेड अथवा प्राप्त स्कोरको आधारमा उपाधीको टुङ्गो लाग्नेछ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको लिगको शुक्रबार सम्पन्न खेलमा सेनाले अर्को विभागीय टोली पुलिसलाई १७–२५, २५–२०, ३०–२८, २५–२३ ले पराजित गर्याे भने यस्तै हेल्प नेपालले गलकोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–२३, २५–२१ ले पराजित गरेका हुन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिगको महिलातर्फ एपिएफले बाजी मारे भने एपिएफले न्यु डायमण्डलाई २५-१९, २५–१०, २५–९ ले पराजित गरे । एपिएफको चार खेलबाट ९ अंक भएको छ भने पुलिस ३ खेलबाट ९ अंकका साथ पहिलो स्थानमा रहेको छ।
सेनाको ३ खेलबाट ६ अंक भएको छ । महिलातर्फ उपाधीका लागि ३ विभागीय टोली विच प्रतिस्पर्धा रहेको छ । शनिबार हुने अन्तिम लिगबाट उपाधीको छिनो फानो हुने छ ।
शनिबार पुलिसले सेनालाई पराजित गरेमा चार खेलबाट १२ अंककासाथ उपाधी उचाल्नेछ भने एपिएफले दोश्रो स्थान प्राप्त गर्नेछ र सेना तेश्रो स्थानमा रहने छ ।
यदि सेनाले पुलिसलाई सोझो सेटमा पराजित गरेमा तीनै विभागीय टोलीको समान ९ अंक हुने भएका कारण उपाधीको टुङ्गो प्राप्त स्कोर अंकका आधारमा हुनेछ ।
सेनाले ३–२ को जित निकालेको खण्डमा पुलिसको १० एफिएफको ९ र सेनाको ८ अंक हुने छ। लिगको अन्तिम प्रतियोगिता शनिबार २ बजे पुरुषतर्फ सेना र हेल्प नेपालबिच उपाधीका लागि हुनेछ।
सेनालाई पछ्याईरहेको हेल्प नेपालले जित निकालेको खण्डमा १७ अंककासाथ उपाधी जित्नेछ भने ३–२ को जित निकालेको खण्डमा दुवै टोलीको समान १६ अंक हुने भएकोले हेड टु हेड अथवा प्राप्त स्कोरको आधारमा उपाधीको टुङ्गो लाग्नेछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ २३:५५