काठमाडौ । साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका तीन जनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरिएको छ।
प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुर्याउँदै आएका प्रा डा त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरेको हो।
उनीहरू तीनै जनालाई जनही रुपैयाँ एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ ०८:५०