सोध त आफैलाई
विर्सियौ कि ?
मान्छे तिमी पनि हौ
मन नभए पनि
मान्छे म पनि हुँ
धन नभए पनि
एकछिन घोत्लेउ त
सम्झेर मात्र आफूलाई
अन्धकारलाई पत्याई
करुणालाई लत्याई
औंशीमा किन गर्छौ साउती
उज्यालोसँग डराएर
कालो झण्डा फहराएर
तिमी कसलाई
पर्खिरहेका छौ
अब मान्छे आउँदैनन्
तिमीले बोलाएर
छोडि देउ बस्न
मध्य रातमा टोलाएर
मान्छे पुर्न मान्छेलाई खनेर
महान बनेर
महापुरुष भन्छौ
बुद्धसँगै आफूलाई गन्छौ
लुकेको तिमीलाई
म देख्दछु
त्यसैलाई कविता बनाई
लेख्दछु
हुन त मान्छे
तिमी पनि हौ
मन नभए पनि
त्यस्तै मान्छे
म पनि हुँ
धन नभए पनि
तर कति चाहियो
म सँग छ
तिमीलाई अनि
मलाई पुग्ने
धन आउ लिन
त्यसले जलाउँदा
हामीलाई कात्रो किन
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १८:१२