रोल्पा । रोल्पाको थवाङबाट नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।
थवाङ गाउँपालिका वडा-५ मा नेकपा माओवादी केन्द्रलको प्यानल नै विजयी भएको हो ।
काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलै विजयी भएका हुन् ।
घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १०:५९