काठमाडौं। नाइजेरियामा माइक एजे न्वाली न्वोगु नाम गरेका प्लेब्वायले एकसाथ ६ जना महिलाहरुलाई गर्भवती वनाएका छन्। ती ६ महिलाहरुमा हुर्कदै गरेको गर्भ आफ्नै भएको खुलासा गरेपछि यसको पर्दाफास भएको हो।
बीबीसीका अनुसार,नाइजेरियाली उक्त प्लेब्वायले त्यहाँको सेलिब्रिटी विलियम्स उचेम्बाको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई साथै उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो सन्तान रहेको दावी गरेका हुन।
ती प्लेब्वाय पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचेका छन् । र उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक पनि गरेका छन्।
नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ ’सुन्दर’ उपनाम पनि दिने गरेका छन् । अर्थात उनी आफूलाई ’प्रिटी माइक’ भनी चिनाउँछन् । एकैपटक पाँच पत्नी वनाउने सोचमा समेत रहेका उनले एकसाथ ६ जना महिलालाई गर्भवती वनाएर रेकर्ड राखेको पनि दावी गरेका छन्।
पाँच पत्नीको पति वन्ने होडमा रहेका माइकले गर्भवती वनाएका ६ महिलालाई एकसाथ पत्नी वनाउने हो या होइन, त्यो भने प्रतीक्षाको विषय बनेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ २०:१७