मुस्ताङ । मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा एमालेका गुरुङ विजयी भएका छन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा एमालेका रिन्जिन नमग्याल गुरुङ विजयी भएको हो।
सहायक निर्वाचन अधिकृत जीतबहादुर राणाका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका गुरुङ ८७६ मत ल्याएर विजयी भएका हुन्।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनजेल गुरुङले ५७७ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा पनि एमाले तर्फकै उम्मेदवार विजयी भएका छन्। एमालेकी उमेदवार डिक्की गुरुङले ७४९ मत ल्याएर जित हासिल गरेकी हुन् भने पराजित कांग्रेस उमेदवार घेच अँम्नो गुरुङले ६७७ मत पाएकी थिइन्।
वडातर्फ ३ वटा वडा एमालेले जित्दा २ वडाध्यक्षमा कांग्रेस उमेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत राणाकाले जानकारी दिएका हुन्।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १३:४४