काठमाडौं। व्युटी स्पा एक्सपर्ट सुशीला थापाको अध्यक्ष तथा महाप्रवन्धक रहेको ओसिस व्युटी स्पाको संयोजनमा बेलाबखत अविवाहिता तथा विवाहिताहरुको धमाकादार व्युटी कन्टेष्ट हुंदैआएको छ। जुन अत्यन्त सफल पनि बन्दैआएको छ।
विशेषत् व्युटी स्पाको क्षेत्रमा अब्बलता हासिल गरिसकेको सुशीला थापाको ओसिस व्युटी स्पा नामै काफी भैसकेको छ। यस व्युटी स्पाको माध्यमवाट हजारौंलाई रोजगारी दिने कार्यमा थापाको योगदान रहेको छ। काठमाडौं लाजिम्पाट तथा भैरहवामा रहेको ओसिस व्युटी स्पाले कैयन ढाडका रोगीहरुको सरल रुपमा स्पाको माध्यमवाट उपचार गरिसकेको छ।
अभिनेता देखि नेतासम्मको रोजाइको ओसिस व्युटी स्पाकी अध्यक्ष तथा महाप्रवन्धक सुशीला थापा आफै नेपालको नंबर वान व्युटी स्पा थेरापिष्ट हुन। त्यसको अलावा विभिन्न इभेन्टको आयोजक तथा सफल कलाकार तथा मोडल पनि भएको कारण विभिन्न पर्व विशेषहरुमा इभेन्ट कार्यक्रम गर्दैआएको वताएकी छन्।
थापा सामाजिक अभियन्ता पनि भएको कारण महाभूकम्प पीडितहरु देखि कोरोनाको महामारीको कारण भएको लकडाउनमा भोका तथा दुःखीहरुलाई राहत सहयोग प्रदान गरेर सहयोग गर्ने कार्य गर्दैआएकी छन्। यो बर्ष पनि धमाकादार इभेन्ट कन्टेष्ट गर्ने तयारीमा हाल आफू रहेको उनले भनेकी छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ २०:२३