रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-४ मा नेकपा एमालेका उमेदवार हिक्मत घर्तीमगर विजयी भएका छन् ।
कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका तर्फबाट घर्तीमगरले ३३७ मत प्राप्त ल्याएर विजयी भएकाे हाे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुनबहादुर विकले ३१७ मत ल्याएका छन् । यो जितसँगै नेकपा एमालेले रोल्पामा खाता खालेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १७:४९