काठमाडौं । आज रातीदेखि नै लागू हुने गरी सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ ह्वात्तै बढाएको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो।
नयाँ कायम मूल्य अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर भएको छ।
वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय नेतृत्वको निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका हुन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ २०:२१