डडेलधुरा । गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराका कार्कीले ३ हजार ३८४ मत पाप्त गरेर निर्वाचित भएको हो।
अध्यक्षमा निर्वाचित कार्कीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले १ हजार ६०४ मत प्राप्त गरेका थिए।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । उनले ३ हजार १३ मत पाएकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले १ हजार ७०३ मत पाप्त पाएका छन्। प्रधानमन्त्री देउवाले वडा १ रुवाखोलाबाट मतदान गरेका थिए ।
अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ७ वडामा विजयी हात पारेको छ।
नेकपा एमालेले भने १ वडामा विजयी, माओवादी केन्द्र १, नेपाली कांग्रेस बिपी १ वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका हुन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ २१:४९