धनुषा । जनकपुरधाम उपमहानगरपालिका-२ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ।
नेपाली काँग्रेसका शिवकुमार साह ६११ मत ल्याएर वडामा निर्वाचित भएको हो।
शााहका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएर पराजय भोग्नु परेको छ।
काँग्रेसबाटै महिला सदस्यमा सितादेवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरीदेवी मुखिया ५५३, सदस्य अमितकुमार साह ४९९ र महेश खत्वे ४२३ मत ल्याएर विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार यसअघि वडा–१ मा पनि काँग्रेस नै निर्वाचित भएको छ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १३:०९