धादिङ । गल्छी गाउँपालिका-३ धादिङमा माओवादीका राजन भुजेलको प्यानल नै विजयी भएको छ ।
माओवादी केन्द्रका भुजेलले नेकपा एमालेका उम्मेदवार कपिलप्रसाद रेग्मीलाई हराउँदै विजयी भएको हो ।
मतगणनामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भुजेलले ७२५ मत प्राप्त गरी विजयी बनेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कपिलप्रसाद रेग्मीले ४८८ मत प्राप्त गरेका थिए।
उक्त गाउँपालिकामा सत्ता गठबन्धन र एमालेले प्रतिष्पर्धा गरेका थिए । गल्छीमा एकीकृत समाजवादी पार्टीले गाउँपालिका अध्यक्ष र नेपाली काँग्रेसले उपाध्यक्ष लिने सहमति थियो ।
सो वडाबाट एकीकृत समाजवादीका अध्यक्षलाई ७१० मत प्राप्त भएको छ भने एमालेलाई ४८८ मत प्राप्त भएको छ।
उपाध्यक्षमा नेपाली काँग्रेसलाई ७ सय मत प्राप्त भएको छ भने एमालेलाई ४६६ मत प्राप्त भएको छ। गाउँपालिकाको–१ मा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् ।
वडामा उनका प्रतिद्वन्दी एकीकृत समाजवादीका माधवप्रसाद खतिवडाले ९९६ मत ल्याएर खतिवडालाई पछ्याएका थिए ।
गल्छी गाउँपालिका–२ मा पनि एमालेका षडानन्द खनाल विजयी भएका थिए । खनालले १०४७ मत पाउँदा एकीकृत समाजवादीका रमेश मगरले १०३१ मत ल्याएर पछ्याएका थिए ।
गल्छी गाउँपालिकाको अध्यक्षमा हालसम्म नेकपा एमालेका केदारनाथ खतिवडाले २ हजार ४४९ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले १ हजार ६८७ मत ल्याएर पछ्याइरहेका छन् ।
उपाध्यक्षतर्फ एमालेकी राधा लामिछानेले २११९ मत पाएका छन् भने नेपाली काँग्रेसका भाइकाजी तिवारीले १९८७ मत पाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १४:४६