म्याग्दी । मालिका गाउँपालिका म्याग्दीको अध्यक्षमा नेकपा एमालेबाट बेग प्रसाद गर्वुजा मगर र उपाध्यक्षमा लक्ष्मी पुन निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित गर्वुजा मगरले ३ हजार ९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९७० मत र नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले २ हजार २२५ मत प्राप्त गरी पराजित भएका छन् ।
त्यस्तैगरी उपाध्यक्षमा एमालेबाट नै लक्ष्मी पुनले ३ हजार १६७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पिपला बुढाले ३ हजार १३९ मत पाएका थिए ।
एमालेका गर्वुजाले वडा–७ विममा मात्रै ४४७ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कांग्रेसका रोकाले त्यहाँ ९७ मत मात्रै पाएका थिए । वडा–७ विममा एमालेको प्यानल नै विजयी भएको छ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १६:३२