बैतडी । शिवनाथ गाउँपालिका बैतडीमा कर्ण साउद विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट विजयी साउदले ३ हजार १ सय ६५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी बनेको हो।
उनका प्रतिस्प्रधी एमालेका उम्मेदवार हजारी सिंह साउदले २ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए।
त्यस्तै, उपाध्यक्षमा भने माओवादी केन्द्रका नरेन्द्र साउदलाई पराजित गर्दै एमालेकी सकुन्तोला साउद २ हजार ८ सय १७ मत ल्याएर विजयी भएकी छन्।
उपाध्यक्षमा निर्वाचित भएकी सकुन्तोला साउदका निकटतम प्रतिस्पर्धी नरेन्द्र साउदले २ हजार ६ सय ९९ मत ल्याएको निर्वाचन अधिकृत राम बहादुर हमालले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको शिवनाथ गाउँपालिका वडा–१ मा कांग्रेसका बल्देव सिंह, वडा-२ मा एमालेका सुरेन्द्र साउद, वडा-३ मा कांग्रेसका केशब कलौली, वडा-४ मा एमालेका धनबहादुर महता, वडा-५ मा कांग्रेसका केशव चन्द र वडा-६ मा नेकपा माओवादी केन्द्रका भरतराम पार्कीले २६९ मत ल्याएर विजयी बनेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ २३:१६