काठमाडौं । दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्।
मेयर पदमा विजयी बस्नेतले ७ हजार २ सय १ मत ल्याएर नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेको हो।
उनका निकटम प्रतिद्वन्दी आचार्यले ५ हजार १ सय ९२ मत मात्र प्राप्त गरेका थिए । उपमेयरमा पनि कांग्रेसकै बसन्ती तामाङ विजयी भएकी छन्।
उप मेयर पदमा विजयी तामाङले एमालेका इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गरेकी छन्।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ११:४५