गुल्मी । सत्यवती गाउँपालिका गुल्मीको अध्यक्षमा नेकपा एमालेका भीमप्रसाद पाण्डे विजयी भएका छन्।
अध्यक्षमा विजयी पाण्डेले ६ हजार २ सय ६७ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत मात्र प्राप्त गरेका थिए।
त्यस्तैगरी उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २ सय २४ मत ल्याएर विजयी बनेकी छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५ सय ६१ मत प्राप्त गरेकी छन्।
सत्यवती गाउँपालिकाका ८ वडा मध्ये ५ वटा वडामा एमाले, २ वटा वडामा कांग्रेस र एक वडामा नेकपा माओवादी केन्द्र विजयी बनेका छन्।
जसअनुसार वडा–१, २, ४, ७ र ८ मा एमाले ,र ५ र ६ मा नेपाली कांग्रेस ३ मा माओवादी केन्द्रले वडा अध्यक्ष जितेक छन्। पालिकामा १९ हजार २ सय २५ जना मतदाता रहेकोमा १२ हजार ४ सय ३२ जनाले मतदान गरेका थिए।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १२:३१