पक्कै आउँछन् ति बलियो भरोसा लिएर
उताबाट कोसेली जाँगरको नशा लिएर
मान्नुस नमान्नुस् आफ्नो कुरा भनिदिएँ मैले
कुनै भेट आउँछ भेटै पिच्छे दशा लिएर
स्वास फेर्दैछ आफ्नै लाशले भन्ने विश्वास पार्न
हावाको झोक्का आउँछ आशा लिएर
आफैँ पाइला चाल्नलाइ थोरै उठ्दै हुन्छ मान्छे
छलकपटल आउँछ रुप फेर्दै लालसा लिएर
मन्दिर, मस्जिद, चैत्य, गुम्बा मात्रै बहाना हुन्
आउँछ झगड्नलाइ मनकै देउता तमासा लिएर
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ २०:१३