ओखलढुंगा । चिशंखुगढी गाउँपालिका ओखलढुंगाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन्।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५ सय ७ मतले पछि पार्दै शर्मा अध्यक्षमा विजयी भएको हो।
२०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा निर्वाचित भएका थिए। शर्माले ३ हजार १ सय ९८ मत प्राप्त गरेका छन् भने थापाले २ हजार ६ सय ९१ मत प्राप्त गरेका थिए ।
गठबन्धनबाट नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशंखुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन्।
नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई १ हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएको हो।
उम्मेदवार थापाले ३ हजार १ सय १६ र राईले २ हजार ५० मत प्राप्त गरेका छन् । चिशंखुगढी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए।
पालिकाको ८ वडा मध्ये ४ वडामा माओवादी केन्द्रले जितेको छ भने वडा–१ मा उषा कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र ४ मा हिमाल राई विजयी भएका छन् ।
वडा–६ र ७ मा कांग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन् भने वडा–८ मा एमालेका उम्मेदवार सुशीलजंग कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
वडा–३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछि पुन: मत गणना गरिएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १३:५१