भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भक्तपुर नगर प्रमुखमा निर्वाचित भएका छन्।
नगर प्रमुखमा निर्वाचित प्रजापतिले २९ हजार २ सय मत ल्याएर आफ्नो निकटतम प्रतिस्पर्धीलाई २५ हजार मतले हराएका हुन्।
प्रजापति पछि नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३ सय ५२ मत प्राप्त गरेका थिए। भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत पाएर तेश्रो स्थानमा समेटिनु परेको छ।
त्यस्तैगरी उपमयेरमा पदमा पनि नेमकिपाकै रजनी जोशी निर्वाचित भएकी छन् । उनले २९ हजार ६ सय ९५ मत प्राप्त गरेकाी छन्।
जोशीका निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७ सय ४२ मत ल्याएका छन्।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १४:४५