सर्लाही । रामनगर नगरपालिका सर्लाहीको मेयरमा २२ वर्षे ठीटो निर्वाचित भएको छ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव २२ बर्षकै उमेरमा मेयर पदमा निर्वाचित भएको हो। उनले ४ हजार ८१ मत ल्याएर मेयर पदमा निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३ नौ ९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले १ हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १ हजार ६ सय ७ मत पाएका छन्।
उप-मेयर पदमा नेकपा माओवादी केन्द्रकी गीता देवी ३ हजार ५ सय २३ मत प्राप्त गरेर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत पाएकी छन्।
त्यस्तै, नेकपा एमालेकी निलम यादवले १ हजार ७ सय ३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९ सय १७ मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १५:५७