कालीकोट । तिलागुफा नगरपालिकाको मेयरमा शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उपाध्यायले २ हजार ९ सय १६ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएको हो ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले २ हजार ५ सय ४० मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७ सय ८० मत प्राप्त गरेका थिए।
त्यस्तैगरी उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही २ हजार ७ सय ५९ मत प्राप्त गरेर निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली ९थापा० ले २ हजार ४ सय १५ मत प्राप्त गरेकी थिइन्।
तिलागुफा नगरपालिकामा २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट रतनबहादुर शाही र उपप्रमुखमा दन्ता नेपाली निर्वाचित भएका थिए।
यस नगरपालिकामा नेकपा माओवादी केन्द्रको एक्लै प्रतिस्पर्धामा रहेको थियो भने नेकपा एमाले र नेपाली कांग्रेसले तालमेल गरेका थिए।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १९:५४