सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिकाको मेयर र उपमेयर दुबै प्रमुख पदमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ।
नगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रका रामाशंकरप्रसाद कुशवाहा निर्वाचित भएका छन् भने उपमेयर पदमा कोशिलादेवी निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका कुशवाहाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभयकुमार सिंहलाई १ हजार १२ मतले पछि पार्दै कुशवाहा विजयी बनेका हुन् ।
मेयरमा निर्वाचित कुशवाहले ४ हजार ६ सय ४३ मत प्राप्त गरिरहँदा उनका निकटतम प्रतिद्वन्दी सिंहले ३ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए । अहिले नगर प्रमुखमा पराजित सिंह निवर्तमान नगर प्रमुख हुन्।
उप मेयरमा निर्वाचित माओवादी केन्द्रकी देवीले ४ हजार ३ सय ५१ मत ल्याएकी थिइन् भनेउनका निकटतम् प्रतिद्वन्दी लोसपाकी रागनदेवीले ३ हजार ७ सय ४० मत प्राप्त गरेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ ०९:२१