काठमाडौं । तारकेश्वर नगरपालिका काठमाडौंको मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसका मेयर पदमा कृष्णहरि महर्जन र उपमेयर पदमा सिर्जना बुर्लाकोटी निर्वाचित भएको हो।
मेयरमा निर्वाचित महर्जनले ११ हजार ९ सय ८८ मत पाएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले ७ हजार ८ सय ८ मत मात्र प्राप्त गरेका थिए।
कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७ सय ८६ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्पर्धी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरेकी थिइन् ।
यसअधि तारकेश्वर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमाले नै विजयी भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १२:१२