दाङ । राप्ती गाउँपालिका दाङको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १ सय ९८ मत अन्तरले हराएको हो।
नेकपा माओवादी केन्द्लाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको राप्ती गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो।
विजयी उम्मेद्वार विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १ सय ९८ मत अन्तरले हराएको हो।
यसरी अध्यक्ष पद नेकपा माओवादी केन्द्रले विजय प्राप्त गरे भने उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी निर्वाचित भएकी छन्।
उपाध्यक्ष पदमा विजयी चौधरीले ६ हजार ६ सय ७४ मत प्राप्त गरेकी थिइन भने कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४ सय ९६ मत पाएका थिए।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४ सय ६४ मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १५:०२