सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले विजय प्राप्त गरेको छ ।
त्रिपक्षीय भिडन्तमा गठबन्धनका तर्फबाट चौताराको प्रमुखमा माओवादी केन्द्र र उप-प्रमुखमा एकीकृत समाजवादी विजयी भएकोको हो।
नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई हराउँदै नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा नगर प्रमुखमा निर्वाचित भएका छन्।
नगर प्रमुखमा विजेयता सापकोटाले ११ हजार ७२ मत ल्याए भने उनका प्रतिद्वन्दी नेपालले ६ हजार ७ सय ८५ मत मात्रै पाएका थिए।
त्यहाँको मतगणना अनुसार कांग्रेसका केवशराज गिरीले ६ हजार २ सय ४५, राप्रपाका सुन्तली ढुंगेलले ९ सय ६, मंगोल नेशनल अर्गनाइजेशनका संकबहादुर तामाङले १ सय ३० र स्वतन्त्रका कुमार श्रेष्ठले १ सय १० मत प्राप्त गरेका छन्।
त्यस्तैगरी चौतारा साँगाचोकगढीको नगर उप-प्रमुखमा नेकपा एमालेकी बालकुमारी सापकोटालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीका सीता थापा निर्वाचित भएकी छन् ।
नगर प्रमुखमा निर्वाचित थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी बनेकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी सापकोटाले ६ हजार ८ सय ७७ मत मात्र पाएकी थिइन्।
नगरपालिकामा कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले ५ हजार ७ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जित बहादुर भारतीले १ हजार ६२ र मंगोल नेशनल अर्गनाइजेशनका माया तामाङले ५० मत प्राप्त गरेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १६:२३