खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएको छ।
प्रमुख पदमा नेकपा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएको हो।
कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएको हो ।
लोकेन्द्रले २ हजार ८ सय ३ र नइन्द्रले २ हजार १ सय ६२ मत प्राप्त गरेको जनाइएको छ ।
यस्तै, उपप्रमुखमा विजयी मगरले २ हजार ७ सय ३३ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमा कटवालले २ हजार ३ सय १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
माओवादी केन्द्रका गाउँपालिका प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले २ हजार ९३ मत र उपप्रमुखका उम्मेदवार नैनकुमारी खत्रीले १ हजार ७ सय ६ मत प्राप्त गरेको छ ।
निर्वाचनमा तेस्रो मत प्राप्त गरेका गोपालचन्द्र सरकारी अधिकृतको जागिर छाडेर गाउँपालिका प्रमुखका उम्मेदवार बनेको थियो।
दिप्रुङ चुइचुम्मामा कांग्रेस, माओवादी केन्द्र र एमाले गठबन्धन नगरी छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा लडेको थियो। जम्मा ७ वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ४ वडामा एमाले र ३ वडामा कांग्रेस विजयी भएको छ।
त्यस्तैऽ वडा-१ याम्खामा कांग्रेसका केशवकुमार खत्री, वडा–२ डाँडागाउँमा कांग्रेसकै बद्री कटवाल, वडा–३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत, वडा–४ बतासेमा एमालेका बबेन्द्र राई, वडा–५ सछितापोखरीमा कांग्रेसका डम्बरहादुर खड्का, ६ छितापोखरीमा एमालेका मिलन राई र वडा–७ टेम्मामा एमालेका गन्धमान मगर वडाध्यक्षमा निर्वाचित भएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ १९:४२