दोलखा । जिरी नगरपालिका दोलखाको मेयर र उपमेयरमा नेकपा एमाले निर्वाचित भएको छ ।
निर्वाचित जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी ९खड्का० निर्वाचित भएका हो।
नेकपा एमालेका मेयरमा निर्वाचित जिरेलले २ हजार ९ सय ४९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६ सय ९२ मत मात्र पाएका थिए ।
यस्तै उपमेयरमा निर्बाचित एमालेकै बुढाथोकीले ३ हजार ४ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका तेजबहादुर तामाङले ३ हजार १ सय २० मत मात्र पाएका थिए ।
यसअघि२०७४ सालमा पनि बुढाथोकी जिरीको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ २०:३२