रामेछाप । रामेछाप नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लवश्री न्यौपाने विजयी भएका छन् ।
नेपाली कांग्रेसका न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरीमेयरमा निर्वाचित भएका हो ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनले ५ हजार १ सय ८६ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका नरेशबाबु श्रेष्ठले २ हजार ५ सय ९८ मत ल्याएका थिए ।
त्यस्तैगरी रामेछाप नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार बालकुमारी कार्की थापा निर्वाचित भएकी छन्।
उनले ६ हजार ६ सय ४० मत ल्याएर एमालेकी उम्मेदवार सीताकुमारी खत्रीलाई पराजित गरेकी छन्। उपमेयरमा नेकपा एकीकृत समाजवादीका ढालविक्रम कार्कीले २ हजार १ सय १३ मत पाएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ २०:४४