वालिङ । पुतलीबजार नगरपालिका स्याङ्जाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन्।
मेयर पदमा मा तुलसीराम रेग्मी र उपमेयर पदमा देवी अर्याल नेपाली कांग्रेसबाट विजयी बनेको हो।
कांग्रेसबाट विजयी रेग्मीले २ हजार ४ सय ४ मत अन्तरले निवर्तमान मेयर समेत रहेकी नेकपा एमालेका उम्मेदवार सीताकुमारी क्षेत्रीलाई पराजित गरेको हो ।
उनले १२ हजार ४ सय ९४ मत ल्याउँदा क्षेत्रीले १० हजार ९० मत ल्याएकी थिइन् ।
यसैगरी उप मेयरमा निर्वाचित अर्यालले एमालेकै महेश पुरीलाई पराजित गरेका छन। पुरी निवर्तमान उपमेयर समेत हुन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत पाएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ २१:१५