डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको मेयरमा र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी बनेको छ।
मेयर पदमा एमालेका जनचन्द्र रोकायाले २ हजार १ सय ४ मत र उप मेयरमा देवी घर्ती १ हजार ८ सय ५६ मत ल्याएर निर्वाचित भएको हो।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १ हजार ५ सय ९६ मत ल्याएका थिए भने माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४ सय २२ मत पाएका थिए।
माओवादी केन्द्रका काली चलाउनेले १ हजार २ सय ९० मत पाएका छन् थिए भने कांग्रेसकी सावित्री पहाडीले १ हजार २ सय ७७ मत ल्याएकी छन्।
यसअघि त्रिपुरासुन्दरी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ २१:३०