काठमाडौं । शंखरापुर नगरपालिका काठमाडौंको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भारीले विजय हासिल गरेको छ।
मतगणनाको अन्तिम नतिजा अनुसार राप्रपाका रमेश नापित ४ हजार ७ सयको भारी मतका साथ मेयर पदमा नापित निर्वाचित भएको हो।
मेयर पदमा निर्वाचित नापितका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४ हजार २ सय २ मत प्राप्त गरेका थिए। उनलाई नेपाली कांग्रेसको समेत समर्थन रहेको थियो ।
प्राप्त निर्वाचन परिणाम अनुसार नेकपा एमालेका कृष्णलाल बजगाईंले ३ हजार ६ सय २२ मत पाएका थिए भने नेकपा माओवादी केन्द्रका मधु केसीले २ हजार २ सय ४४ मत माात्र पाएका छन् ।
शंखरापुरको उप प्रमुखमा भने नेपाली कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले ३ हजार २ सय ९८ मत, नेकपा एमालेकी लक्ष्मी केसीले २ हजार ९ सय ४३ र नेकपा माओवादी केन्द्रकी चण्डिका चौलागाईंले २ हजार २ सय ६२ मत पाइकी छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९ २३:०३