झापा । हल्दिबारी गाउँपालिका झापाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन्।
अध्यक्ष विजेयता राप्रपा का रवीन्द्र लिङ्देन ६ हजार ८ सय ५६ मत ल्याएर विजयी गरेको हो भने उपाध्यक्षमा लक्ष्मी मैनाली ५ हजार ७८ मत प्राप्त गरी विजय हासिल गरेको हो ।
अध्यक्ष लिङ्देनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले ४ हजार ६ सय ६६ मत पाएका थिए भने नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २ हजार ७ सय ५८ मत र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले १ हजार १ एक ४९ मत पाएका थिए ।
राप्रपाबाटै उपाध्यक्षमा निर्वाचित मैनालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत प्राप्त गरेकी थिइन् भने स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३ हजार ७ सय र नेकपा माओवादी केन्द्रकी टीकादेवी राउतले १ हजार ४ सय ५३ मत ल्याएकी थिइन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका हल्दीबारीमा ५ वटा वडामध्ये राप्रपाले २ वटा, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले १/१ वटा वडाको अध्यक्ष पद जितेका छन् । राप्रपा अध्यक्ष लिङ्देनको घर रहेको वडा–१ राप्रपाले नै जितेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ वटा स्थानीय तहको नेतृत्वमा विजय प्राप्त गरेको छ । यसअघि काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा उम्मेदवार रमेश नापित निर्वाचित भइसकेका छन् । शंखरापुरका ३ वटा वडाको अध्यक्ष पनि राप्रपा उम्मेदवार निर्वाचित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ ०७:१२