फरक-फरक पार्टीबाट चुनाव लडेर विजयी श्रीमान्-श्रीमती
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका-७ कञ्चनपुरको वडा सदस्यमा श्रीमान्–श्रीमती विजयी बनेका छन्।
स्थानीय तहको निर्वाचनमा विजयी हुने ती श्रीमान् श्रीमती हुन् सन्दीप उपाध्याय र कमला उपाध्याय। दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएको हो ।
श्रीमान सन्दीप उपाध्याय नेकपा (एमाले) बाट वडा सदस्यमा विजयी बनेको हो भने कमला उपाध्याय नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेर विजयी बनेकी हुन् ।
सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७ सय ५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७ सय ९२ मत ल्याएर विजयी बनेका छन्।
घरमा पार्टीबारे बहस हुने गरेता पनि पारिवारिक रुपमा त्यस्तो कुने किसिमको मतभेद नरहेको उनीहरूले बताएका छन्। ती श्रीमान श्रीमती दुवै जनाले अब जनताको सच्चा सेवक बनेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १२:४३