बैतडी । पुर्चौडी नगरपालिका बैतडीको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसबाट मेयर पदमा दीपकबहादुर बम र उप मेयर पदमा मीना धानुक निर्वाचित भएको हो।
विजय भएका बमले ५ हजार ८ सय ८० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९ सय ६५ मत पाएका थिए भने माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९ सय ६ मत मात्र प्राप्त गरेका छन्।
उपमेयर पदमा विजयी धानुकले ५ हजार २ सय मत पाएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९ सय २३ मत पाएकी थिइन्।
विसं. २०७४ सालको स्थानीय तह निर्वाचनमा पुर्चौडीमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । पुर्चौडीमा माओवादी केन्द्रले वडा–५ को वडाध्यक्ष मात्रै जित्न सफल भएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १५:०६