चितवन । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कालिका नगरपालिका चितवनको मेयर पदमा नेकपा एमालेका विनोद रेग्मी विजयी बनेका छन्।
नेकपा एमालेका रेग्मीले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई १ सय ४३ मतले पराजित गरेर मेयर पदमा जित हासिल गरेको हो।
मेयर पद विजेयता रेग्मीले १० हजार ७ सय १४ मत ल्याएका थिए भने पराजित बनेका कांग्रेसका केसीले १० हजार ५ पाँ सय ७१ मत पाए।
गठबन्धनबाट उप मेयरका उम्मेदवार बनेकी माओवादी केन्द्रकी सविता लामालाई ७ सय ६१ मतान्तरले पराजित गर्दै नेकपा एमालेकै विमला लामा विजयी भएकी छन् ।
विमला लामाले १० हजार ४ सय ४९ मत पाएका छन् भने सविता लामाले ९ हजार ६ सय ८८ मत प्राप्त गरेकी थिइन्।
वडा तहसम्म नै गठबन्धन गरिएको नगरपालिकाको ११ वटा वडामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १५:२४